काठमाडौं। कोरोना महामारीका कारण निर्माण सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेका ४५ चलचित्र हलसम्म पुग्न पाएका छैनन्। विभिन्न चलचित्रका छायांकन पनि चैतमा कोरोना भाइरसको महामारी नेपालमा प्रवेश गरेसँगै स्थगनमा छन्। छायांकनको योजनामा रहेका चलचित्रका कामै शुरू हुन पाएनन्।
बनिसकेका चलचित्र प्रदर्शनका लागि, छायांकन शुरू भइसकेर स्थगनमा रहेकाहरू काम पुनः सुचारू गर्नका लागि तथा योजनामा रहेका छायांकन शुरू गर्नका लागि सहज अवस्थाको पर्खाइमा छन्। यसैबीच नेपाली चलचित्र उद्योगले एक अर्ब १५ करोड रूपैयाँभन्दा बढीको क्षति बेहोरिसकेको सरोकारवालाहरूले दाबी गर्न थालेका छन्।
तर, महामारी झन् भयावह बन्दै गइरहेका बेलासमेत चलचित्रकर्मीहरूमा नयाँ चलचित्र घोषणा गर्ने होडजस्तै चलेको छ।
“अहिले महामारीले घरभित्र थुनिनु पर्दा तयारीको काम गर्न सकिन्छ। त्यो भनेको स्क्रिप्ट लेख्ने, कलाकार, लोकेसनलगायतका विषय छनोट गर्ने, योजना बनाउने र ब्रेनस्ट्रोमिङ गर्ने जस्ता कामका लागि अहिलेको समय उपयोग गर्न सकियो भने महामारी नियन्त्रणमा आउनेबित्तिकै काम थाल्न सकिन्छ।”
फुर्सदमा रहेका चलचित्रकर्मीहरू स्क्रिप्ट लेखनमा व्यस्त भएकाले धमाधम चलचित्रको घोषणा हुन थालेको बताइन्छ। तर, कुनै पनि गतिविधि महामारी नियन्त्रणमा नआई सम्भव भने छैन।
“अहिले महामारीले घरभित्र थुनिनु पर्दा तयारीको काम गर्न सकिन्छ। त्यो भनेको स्क्रिप्ट लेख्ने, कलाकार, लोकेसनलगायतका विषय छनोट गर्ने, योजना बनाउने र ब्रेनस्ट्रोमिङ गर्ने जस्ता कामका लागि अहिलेको समय उपयोग गर्न सकियो भने महामारी नियन्त्रणमा आउनेबित्तिकै काम थाल्न सकिन्छ,” चलचित्रकर्मीहरू भन्छन्।
कुन-कुन चलचित्र छायांकनमा जान तयार?
चलचित्र ‘प्रसाद’ को सिक्वेल बनाउने तयारीमा जुटेका सुभाष थापाले कलाकार छनोटको काम लगभग पूरा गरेका छन्। प्रसादको नयाँ प्रोजेक्टमा पनि यसअघि जस्तै विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतलाई देख्न पाइने पक्का छ। सुभाषले तयारीका काम मोटामोटी सके पनि छायांकनमा भने तत्काल जान नसक्ने प्रस्ट पारे।
त्यस्तै दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’ मा स्वस्तीमा खड्का फाइनल भएकी छिन्। अन्य कलाकारको टुंगो लागिसकेको छैन। स्क्रिप्ट लेखनको काम सकिएको र जुनसुकै बेला पनि छायांकनमा जान तयार रहेको खनालको भनाइ छ। त्यसका लागि उनी सरकारको अनुमति कुरेर बसेका छन्।

त्यस्तै रोज राणाको निर्माणमा बन्न लागेको चलचित्र ‘खलनायक-२’ पनि छायांकनको अनुमति कुरेर बसेको छ। सुनिल राजभण्डारीको निर्माणमा बन्न लागेको चलचित्र ‘लक्ष्य जिन्दगी’ छायांकनमै गएर रोकियो। अब अवस्था सहज भएपछि पुनः छायांकन हुनेछ।
निर्देशक विकासराज आचार्यको ‘नाई न भन्नु ल-६’, निर्माता किरण केसीको ‘२ नम्बरी’, निर्देशक सुरेन्द्र पौडेलको ‘बेञ्जो’, निर्देशक रेनशा वान्तावा राईको ‘आई एम ट्वान्टी वान’, निर्माता मौनता श्रेष्ठको ‘आँधी तुफान-२’, निर्देशक दिनेश पौडेलको ‘कालुराम’, लगायतका चलचित्रको स्क्रिप्ट लेखन, कलाकार छनोट, लोकेशन छनोट लगायतको काम भइरहेको छ।
सन्तोष सेन निर्माता रहेको चलचित्र ‘हुतुतु’ मा चर्चित कलाकारको टोली छ। जसमा हरिवंश आचार्य, राजाराम पौडेल, मउत्स्हे गुरूङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत लगायतका कलाकारहरूको अभियन हुनेछ। उनीहरूसँग सम्झौता भइसकेको छ।
त्यस्तै नायक सलोन बस्नेत पनि चलचित्रत्र निर्माणको तयारीमा छन्। उनले ‘रूम नम्बर १०८’ बनाउन लागेका छन्। लकडाउनको अवधिमा चलचित्र निर्माणको कामलाई अगाडि बढाइएको र महामारीको अवस्था सहज भएपछि छायांकन जाने उनी बताउँछन्।
निर्देशक विशाल सापकोटाले पनि नयाँ चलचित्र निर्माणको काम अगाडि बढाएका छन्। उनले चलचित्रमा अभिनेताको रूपमा आर्यन सिग्देललाई भित्र्याएका छन्। चलचित्रको नाम टुंगो लगाउने, अन्य कलाकार चयन गर्नेलगायतका काम बाँकी छ।
त्यस्तै साम्राज्ञी आरएल शाह महामारीकै बीच ‘प्रेम गीत-३’ मा अनुबन्ध भइन्। युवा मनोविज्ञानमा आधारित भएर बन्न लागेको चलचित्रमा उनी मनिष राउतसँग मुख्य भूमिकामा देखिनेछिन्। चलचित्रको नाम भने अझै टुंगो लागिनसकेको निर्माण पक्षले जानकारी गराएको छ। प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रमा आना शर्माले सहनायिकाका रूपमा काम गर्ने बताइएको छ।
अभिनेत्री तथा निर्मात्री रेखा थापाले महामारी सहज भएपछि छायांकनमा जानेगरी चलचित्र निर्माणको तयारी गरेकी छिन्। सौगात मल्लसँग आफ्नो मुख्य भूमिका रहने त्यही चलचित्रका लागि शरीर मेन्टेनमा लागेकी रेखा अहिले ध्यान गर्न विपस्यनातिर लागेकी छिन्।

आधा छायांकन गरेपछि रोकिएका ‘परदेशी-२’, ‘ए मेरो हजुर-४’, लगायतका चलचित्र पनि सहज अवस्थाको पर्खाइमा छन्।
सरकारको अनुमतिको पर्खाइमा कलाकर्मी
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सरकारले अनुमति दिएको खण्डमा चलचित्रकर्मीहरू आजैदेखि छायांकनमा जान तयार रहेको बताए। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न तयार रहेको उनको भनाइ छ।
भारतमा यसअघि नै चलचित्र तथा टेलिभिजन कार्यक्रम छायांकनको अनुमति मिलिसकेको थियो। त्यसपछि थुप्रै चलचित्र तथा टेलिभिजन कार्यक्रमले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर छायांकनको काम थालेका छन्।
नेपालमा पनि मापदण्ड अपनाएर छायांकनको अनुमति दिनुपर्ने उनको भनाइ छ।
" /> काठमाडौं। कोरोना महामारीका कारण निर्माण सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेका ४५ चलचित्र हलसम्म पुग्न पाएका छैनन्। विभिन्न चलचित्रका छायांकन पनि चैतमा कोरोना भाइरसको महामारी नेपालमा प्रवेश गरेसँगै स्थगनमा छन्। छायांकनको योजनामा रहेका चलचित्रका कामै शुरू हुन पाएनन्।बनिसकेका चलचित्र प्रदर्शनका लागि, छायांकन शुरू भइसकेर स्थगनमा रहेकाहरू काम पुनः सुचारू गर्नका लागि तथा योजनामा रहेका छायांकन शुरू गर्नका लागि सहज अवस्थाको पर्खाइमा छन्। यसैबीच नेपाली चलचित्र उद्योगले एक अर्ब १५ करोड रूपैयाँभन्दा बढीको क्षति बेहोरिसकेको सरोकारवालाहरूले दाबी गर्न थालेका छन्।

">