धनगढीका दुई टोल सिल गरियो <p>कैलाली। कोरोना संक्रमित बढ्दै गएको भन्दै धनगढी उपमहानगरपालिकाकाको दुइ टोल सिल गरिएको छ।&nbsp;धनगढीको &nbsp;वडा नम्वर ५ का दुई टोल सिल गरिएको हो।</p> <p>ज्ञान निकेतन क्षेत्रका तीन घर र जाई क्षेत्रका चार घरका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि जनप्रतिनिधिको रोहबरमा सिल गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।&nbsp;</p> <p>उक्त क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि प्रहरीले सचेत गराएको छ। धनगढी उपमहानगरपालिका वडा नम्वर ५ मा &nbsp;संक्रमितको संख्या ५६ पुगेको छ।&nbsp;</p> <p>धनगढी उप&ndash;महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले टोल सिल गरेर संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाब संकलन भइरहेको &nbsp;बताए।</p>
प्रतिक्रिया दिनुहोस्