१ हजार ३५९ कोरोना संक्रमित थपिए
काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५९ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा ४६४ महिला र ८९५ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै हालसम्म संक्रमित हुनेको संख्या ४४ हजार २२६ पुगको छ।

गत २४ घण्टामा १ हजार ३५४ जना निको भएर घर फर्किएसँगै कूल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ।

अहिले देशभर १८ हजार ४०४ सक्रिय संक्रमित छन्। जसमध्ये १० हजार ९४२ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार ४०२ जना होम आइसोलेसनमा।

प्रतिक्रिया दिनुहोस्