काठमाडौं। देशकै सबैभन्दा पुरानो वीर अस्पतालका चिकित्सक, स्टाफ नर्स, सरसरफाइ कर्मचारीलगायत ७० जनाभन्दा बढी कोरोना संक्रमित भएका छन्। त्यहाँ कार्यरत १३ विशेषज्ञ डाक्टरमा संक्रमण देखिएको छ। ती बाहेक सबैभन्दा बढी नर्स प्रभावित छन्।
त्यस्तै सरसफाइमा खटिने कर्मचारी पनि कोरोना संक्रमणबाट जोगिन सकेका छैनन्। वीरको ओपीडी सेवा नै २४ घण्टाका लागि बन्द गरियो। भने धेरै जसो स्वास्थ्यकर्मी होम क्वारेन्टाइनमा छन्।
वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको बताए।
'सावधानी अपनाएकै छौं। सबै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिएको छ। तर, कोरोना संक्रमणको चपेटामा परिरहेका छौं", सेन्चुरीले भने।

त्यस्तै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका एक सयभन्दा बढी चिकित्सक, नर्स, पारामेडिकल कर्मचारी, सरसफाइ कर्मचारी संक्रमित छन्। इमर्जेन्सी र ओपीडीमा काम गर्ने कर्मचारीमा बढी संक्रमण पाइएको छ।
यी दुई अस्पताल मात्र नभएर कोभिड-१९ विरुद्धको लडाईंमा फ्रन्टलाइनमा काम गरिरहेका देशभरका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण बढ्दो छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले देशभरका ८०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमति भएको बताए। अहिले अधिकांश सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूमा संक्रमण बढिरहेको उनको भनाइ छ।
“उनीहरूलाई आवश्यक पर्ने पीपीई, मास्क, स्यानिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सावधानी अपनाइएको देखिन्छ। त्यति गर्दा पनि संक्रमित हुने क्रम बढ्दो छ”, पाण्डेले भने।
“हस्पिटलभित्र सबैभन्दा बढी बिरामीसँग नर्सहरू नजिक हुनुपर्छ। उनीहरूले बिरामीको उपचारदेखि रेखदेख सम्म गर्नुपर्छ। त्यसका लागि सबैभन्दा नजिक उनीहरू नै हुन्छन्। जसले गर्दा नर्सहरू सबैभन्दा बढी संक्रमित भइरहेका छन्। उनीहरूले पीपीई तथा एन-९५ मास्क पर्याप्त पाएका छैनन्।”
कसरी संक्रमित भइरहेका छन् स्वास्थ्यकर्मी ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिनुमा अस्पतालमा भर्ना भएका संक्रमितहरूले स्वास्थ्य सावधानी नअपनाउनु रहेको बताउँछन्।
“बिरामीहरू स्वास्थ्यकर्मीकै नजिकै गएर हाच्छ्यूँ गर्छन। कमसेकम अलि टाढा गएर हाच्छ्यूँ गरौं भन्ने पनि जानकारी हुँदैन। खोक्दा पनि त्यसरी नै खोक्छन्। त्यही भएर स्वास्थ्यकर्मीमा संक्रमण फैलिने जोखिम बढ्छ”, उनले देखापढीसँग भने।
पीपीई लगाउँदा स्वास्थ्यकर्मीलाई कसरी सर्छ भन्ने प्रश्नमा उनी भन्छन्, “बिरामीको चेकअप गर्दा, अप्रेशन थिएटरमा कसरी पीपीई लगाउने ? त्यो बेला बिरामीले सचेत हुनुपर्छ।”

एकजनाले मात्र सावधानी अपनाएर कोरोना नियन्त्रण गर्न नसकिने भन्दै त्यसका लागि सबैले सचेत हुनुपर्ने उनको भनाइ छ। स्वास्थ्यकर्मीलाई पर्याप्त मात्रामा पीपीई उपलब्ध गराएको गौतमले दाबी गरे।
तर, स्वास्थ्यकर्मीहरू भने हाच्छ्यूँ गर्दा मात्रै पोजिटिभ हुने भन्ने कुरा 'जोक' मात्र भएको बताउँछन्। चीनको वुहानमा कोभिड-१९ को उपचार सहभागी भएका डा. रमेश आचार्यले स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार स्वास्थ्य सुरक्षा सामग्री नहुँदा नै संक्रमण बढेको बताए।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिनुको विभिन्न कारणमध्ये पीपीई तथा मास्क अभाव नै प्रमुख कार्ण भएको आचार्यले बताए।
“हस्पिटलभित्र सबैभन्दा बढी बिरामीसँग नर्सहरू नजिक हुनुपर्छ। उनीहरूले बिरामीको उपचारदेखि रेखदेख सम्म गर्नुपर्छ। त्यसका लागि सबैभन्दा नजिक उनीहरू नै हुन्छन्”, उनले भने, “जसले गर्दा नर्सहरू सबैभन्दा बढी संक्रमित भइरहेका छन्। उनीहरूले पीपीई तथा एन-९५ मास्क पर्याप्त पाएका छैनन्।”

हप्तामा दुई जोर मात्र मास्क दिने गरिएको भन्दै त्यसले झन जोखिम हुने बताउँदै उनले भने, “एउटा चार दिन लगाउने, अर्को तीन दिन लगाउने गर्दै आएका छन्। त्यसलाई डिसइन्फेक्सन गरेर लगाउने गरेका छन्। जुन जोखिमभित्र पर्छ।”
पीपीई डिस्पोजेबल हुनुपर्ने तर, रियूजेबल भइरहेकोले गर्दा पनि कोरोना संक्रमण न्यूनिकरण गर्नुभन्दा पनि जोखिम बढाउने उनले बताएका छन्।
जोगाउने कसरी त ?
डा. आचार्यले महामारी नियन्त्रणको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणबाट जोगाउनका यी उपाय सुझाए।
१. एन-९५ मास्क धोएर होइन्, ७२ घण्टासम्म लगाउने गरी दिनुपर्छ। हप्तामा कम्तीमा चार वटा एन-९५ मास्क उपलब्ध गराउनुपर्छ।
२. आईसीयूमा काम गर्ने, डाक्टर, नर्स, पारामेडिक तथा कर्मचारीलाई अनिवार्य रूपमा होल पीपीई सेट (पीपीई, पञ्जा, मास्क, ग्लोब्स, सुज, डाइफर, आवश्यकअनुसार प्याड) दिनुपर्छ।
३. पीपीई सेट रियुजेबल नभई डिस्पोजेबल हुनुपर्छ। अरू देशमा डिस्पोजेबल मात्र दिइन्छ। नेपालमा भने रियूजेबल मात्र दिइन्छ।
४. स्वास्थ्यकर्मीहरूले शौचालयको प्रयोग गर्नुहुँदैन। पीपीई लगाइसकेपछि अनिवार्य रूपमा डाइफर लगाउनुपर्छ।

५. ड्युटी समय घटाउनुपर्छ। जस्तो कि ८ घण्टा काम गर्छन्, भने ४ घण्टा गर्नुपर्यो। त्यसो गर्दा पीपीई लगाउनुभन्दा पहिला शौच गरेर काम सहज रूपमा काम गर्न सकिन्छ।
६. हस्पिटलको भित्र बाहिर हरेक दुई/दुई घण्टामा डिसइन्फेक्ट गर्नुपर्छ। त्यसो गरिएन भने क्रस-इन्फेक्सन हुने सम्भाव बढी हुन्छ।
७. जुन बाटोबाट बिरामी आएको स्वास्थ्यकर्मीहरू त्यो बाटोबाट हिड्नु भएन्। उनीहरूका लागि अलग्गै बाटो बनाउनुपर्छ। एउटा ढोकाबाट मानिसहरू आउने र अर्को बाटोबाट स्वास्थ्यकर्मी आउनेजाने व्यवस्था मिलाउनुपर्यो। त्यसका लागि पर्खाल फोडेर पनि दुई ढोका बनाउन सकिन्छ।
८. इमर्जेन्सीमा आउने सबै बिरामीहरूको तापक्रम नाप्नुपर्यो। हस्पिटलभित्र प्रवेश गर्नुभन्दा पहिला नै उनीहरू तापक्रम नाप्ने र ज्वरो छ भने अलग्गै उपचार गर्नुपर्छ।
९. हलभित्र जाने जुनसुकै बिरामीका लागि न्यूनतम र अधिकतम समय छुट्याएर चेकअप गरेर सम्बिन्धत ठाउँमा पठाउने व्यवस्था मिलाउनुपर्छ। न्यूनतम ५ मिनेट र बढीमा १५ मिनेटभित्र चेकअप गरेर पठाइहाल्नुपर्छ। हलमा १५ मिनेटभन्दा बढी मानिसहरू उभियो भने क्रस इन्फेक्सन हुने सम्भावना बढी हुन्छ।
१०. ओपीडीमा आउने बिरामीको संख्या तोक्नुपर्यो। एकजना डाक्टरले यति मात्र बिरामी जाच्ने भनेर छुट्याउन सकियो भने क्रस इन्फेक्सन हुने सम्भावना कम हुन्छ।