१ हजार २२८ कोरोना संक्रमित थपिए

काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका १ हजार २२८ नयाँ संक्रमित थपिएका छन्।

गत २४ घण्टामा गरिएको १३ हजार ४१३ पीसीआर परीक्षणमध्ये ८३४ पुरुष र ३९४ महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

यससँगै देशभर कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना भाइरस मुक्त भएर घर फर्किएका छन्। हालसम्म २४ हजार २०७ जना डिस्चार्ज भइसकेका छन्।

अहिले देशभर १८ हजार ४१३ सक्रिय संक्रमित छन्। ती मध्ये १० हजार ६७१ जना संस्थागत तथा ७ हजार ७४२ होम आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनुहोस्