भरतपुर। भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ।
कोरोना संक्रमुक्त भएकाले गम्भीर संक्रमितहरूका लागि रक्तदान गर्न अपिल गरिएको हो। संक्रमणमुक्त भइ डिस्चार्ज भएका व्यक्तिले १४ दिनपछि रगत दिन सक्छन्।
अस्पतालले प्लाज्मा थेरापीबाट संक्रमितको उपचारका लागि तयारी गरिसकेको छ। कोरोनाभाइरस संक्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि यो विधिबाट उपचार गर्न देशका विभिन्न अस्पताललाई सरकारले अनुमति दिएको छ।
भरतपुर अस्पतालका फिजिसियन डा. कल्याण सापकोटाले जटिल प्रकारका संख्या बढिरहेकाले उनीहरूको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले रक्तदानका लागि अनुरोध गरिएको बताए।
निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ। यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने डा. सापकोटाले बताए।
प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो। १८ वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन्। रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा हो।
छुट्याइएको प्लाज्मा संक्रमितलाई दिने विधि प्लाज्मा थेरापी भएकाले प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुवैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने डा. सापकोटाको भनाइ छ।