सेती अस्पतालमा २५०० मै पीसीआर परीक्षण

धनगढी। सेती अस्पतालमा दुई हजार ५०० मै पीसीआर परीक्षण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शुल्क भन्दा आधा सस्तोमा पीसीआर परीक्षण हुन लागेको हो। स्वास्थ्य मन्त्रालयले अधिकतम ४ हजार ४०० रूपैयाँ शुल्क तोकेको छ।

सरकारले तोकेभन्दा बाहेकका स्ववेच्छाले सम्भावित कोरोना संक्रमण परीक्षण गराउन चाहनेले दुई हजार ५०० रूपैयाँ शुल्क तिरेर परीक्षण गराउन सक्ने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालीन कार्य सञ्चालन केन्द्र तथा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्राप्त निर्देशन र अस्पताल व्यवस्थापन समिति कार्यसम्पादन समितिको निर्णयबाट उक्त शुल्क तोकिएको उनको भनाई छ।

कन्ट्याक्ट ट्रेसिङ परेकाहरूको हकमा भने सरकारले नै नि:शुल्क पीसीआर परीक्षण गराउँदै आएको छ। सेती अस्पतालले भने स्वइच्छाले परीक्षण गराउनेका लागि यो व्यवस्था गरिदिएको उनको भनाई छ।

यसअघि काठमाडौंका निजी प्रयोगशालाले बढीमा चार हजार रूपैयाँमा पीसीआर परीक्षण गराउँदैं आएका छन्। अहिले देशभरकार सरकारी तथा निजी गरी ४७ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदैं आएको छ।

प्रतिक्रिया दिनुहोस्