कोरोना परीक्षणको नतिजा एसएमएसमा नआउने
<p>काठमाडौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड–१९ पीसीआर परीक्षणको नजिता २४ घण्टाका लागि एसएमएसमा नआउने भएको छ।</p>
<p>प्रयोगशालाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एसएमएस सेवा प्रवाभित भएको जानकारी दिएको छ।</p>
<p>“यस राष्ट्रिय प्रयोगशालाबाट कोभिड–१९ पीसीआर परीक्षणको नतिजा तथा सक्कलै रिपोर्टसमेत प्रयोगशालाको वेबसाटबाट प्रिन्ट गर्न सक्ने गरी युजरनेम र पासवर्ड सम्बन्धित स्वाव नमुना दिने व्यक्ति तथा सम्पर्क व्यक्तिको मोबाइलमा जाने गरेको हाल केही प्राविधिक कारणबस २४ घण्टको लागि सो सेवा स्थगित गरिएको जानकारी गराउँदउछौं। यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं,” प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
