केही खुकुलो गरी कैलालीमा लम्ब्याइयो निषेधाज्ञा <p>कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा क&zwj;ेही खुकुलो गरी निषेधाज्ञालाई निरन्तरता दिइएको छ।</p> <p>कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने बताएका छन्।</p> <p>प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेश अनुसार भदौ १९ गते मध्यरातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाईने उल्लेख छ।&nbsp;</p> <p>त्यस्तै,&nbsp;सार्वजनिक सवारीसाधनले ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने छ भने व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने उल्लेख रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्