कारागारमा कोरोना संक्रमण बढ्यो: गृह प्रवक्ता
काठमाडौं । गृह मन्त्रालयले कारागारमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदा पनि कोरोना संक्रमण बढिरहेको जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म कारागारमा रहेका ११८ जना कैदीबन्दी संक्रमित देखिएका छन्। जसमध्ये एक जनाको मृत्यु भएको छ।
४९ जना निको भएका छन्।

र, ६९ जना उपचाररत छन्। गृह प्रवक्ता चक्रबहादुर बुढाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मातहतका जिल्ला प्रशासन कार्यालयलगायत निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन दिएको बताए।

कोरोना संक्रमणको लक्षण देखिएका गम्भीर खालका विरामीलाई सुविधा सम्पन्न अस्पतालहरूमा उपचारको व्यवस्था मिलाइएको पनि बताए।

उनका अनुसार केन्द्रीय कारागार कार्यालय जगन्ननाथदेवल सुन्धारामा रहेको घरेलु तालिम केन्द्रलाई आइसोलेसन बनाउने गरी निर्माण कार्य थाल्न, काठमाडौंको कीर्तिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई तत्कालका लागि प्रयोग गर्न र कोरोना संक्रमित कैदीबन्दी निको भएर फर्केपछि छुट्टै बस्ने व्यवस्था मिलाउन पनि मातहतका निकायहरूलार्य निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्