अमेरिकाले ७ देशका १६ हजार गर्भवतीको कोरोना परीक्षण गर्ने

काठमाडौं। अमेरिकाको प्रख्यात वैज्ञानिक संस्थाले सात देशका १६ हजार गर्भवती महिलामा कोरोना भाइरस संक्रमण र त्यसको प्रभावबारे अध्ययन गर्ने भएको छ।

नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)ले मंगलबार भारत, बंगलादेश, पाकिस्तान, केन्या, जाम्बिया, कंगो र ग्वाटेमालाका १६ हजार गर्भवतीमाथि अध्ययन गर्ने जनाएको हो।

अध्ययनका क्रममा कोरोना भाइरसबाट संक्रमित र संक्रमणमुक्त गर्भवती महिलाको गर्भावस्था, प्रसव र त्यसपछिको १२ महिनालाई ध्यानमा राखिने एनआईएचले बताएको छ। महिला, भ्रूण र नवजातमा संक्रमणले पार्ने असरमा अध्ययन केन्द्रित रहने संस्थाले जानकारी दिएको छ।

एनआईचका अनुसार प्रसवपश्चात् महिलाको एन्टिबडी परीक्षण गरिने छ। यो परीक्षणले ती महिला भाइरससँग सम्पर्कमा पुगेकी थिइन् कि थिइनन् पत्ता लाग्ने बताइएको छ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्