१ हजार १२० कोरोना संक्रमित थपिए <p>काठमाडाैं। देशभर गत २४ घण्टामा १ हजार १२० कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ४१ हजार ६४९ जनामा संक्रमण पुष्टि भएको छ।</p> <p>अहिले देशभर १८ हजार १०८ सक्रिय संक्रमित रहेको र गत २४ घण्टामा १ हजार ११२ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए। हालसम्म २३ हजार २९० जना कोरोना मुक्त भएर घर फर्किएका छन्।</p> <p>त्यस्तै होम आइसोलेसनमा ७ हजार ६०५ र संस्थागत आइसोलेसन १० हजार ४९३ जना छन् भने ६ हजार ७६६ जना क्वारेन्टिमा रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्