डा. भोला रिजालले आइसोलेसनबाट भने - 'हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र'

काठमाडौं। कोरोना संक्रमण पश्चात आइसोलेसनमा रहेका स्त्री रोग विशेषज्ञ डा. भोला रिजालले कोरोना नियन्त्रणमा लागेका सबैको हौसला बढाउन आग्रह गरेका छन्।

“हामी दुवै आज कोरोना संक्रमित भएका छौं तर थोरै पनि भयभित छैनौं। यो हामीलाई मात्र होइन सबैले अरुलाइ पनि हौसला दिऊँ”, डा. रिजालले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “संक्रमितहरूको मनोबलका साथै स्वास्थ्यकर्मी जो आफ्नो जीवन राष्ट्को लागि समर्पण गरिरहेका छन् सबैलाई सलाम छ।”

डा. रिजाल दम्पतीमा कोरोना संक्रमण देखिएपछि उनीहरू दुवैजना धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसोलेसनमा बसेका छन्।

“म एउटा स्वास्थ्यकर्मी, हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र। हामी आफू मात्र होइन हामीबाट हाम्रा परिवार समेत उत्तिकै जोखिममा रहन्छन्,” डा. रिजालले भनेका छन्। उनले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।

“अग्रपंक्तिमा हुनु हुने सबैलाई उच्च मनोबलका साथ काममा हौसला मिलोस् हाम्रो शुभकामना,” उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्