कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गते मध्यरातिदेखि जारी भएको निषेधाज्ञा खुकुलो पार्ने तयारी गरेको छ।
भदौ १९ गतेपछि निषेधाज्ञालाई खुकुलो पार्ने स्थानीय प्रशासनले तयारी गरेको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले भदौ १९ गतेपछि कसरी जाने भन्ने विषयमा सबै पक्षसँग छलफल भइरहेको बताउँदै केही सेवाबाहेक अन्य सेवा सुचारु गर्ने तयारी भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।
सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, स्थानीय तह लगायतसँग छलफल जारी रहेको बताउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले छलफलबाट आउने निष्कर्षलाई आधार मानेर निर्णय गरिने बताए।
जिल्लामा कोरोनाको संक्रमण बढेपछि प्रमुख जिल्ला अधिकारीले गत भदौ ४ गते मध्यरातिदेखि लागू हुने गरी पहिलोपटक भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेका थिए।
सुरुमा १० दिनका लागि निषेधाज्ञा जारी भएकोमा पछि पाँच दिन थप गरी भदौ १९ गतेसम्म पुर्याइएको थियो।
" /> कैलाली। जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गते मध्यरातिदेखि जारी भएको निषेधाज्ञा खुकुलो पार्ने तयारी गरेको छ।भदौ १९ गतेपछि निषेधाज्ञालाई खुकुलो पार्ने स्थानीय प्रशासनले तयारी गरेको जनाइएको छ।

">