विश्वमा कोभिड-१९ : साढे दुई लाख संक्रमित थपिए, साढे दुई लाख नै डिस्चार्ज

काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या दुई करोड ५८ लाख ८९ हजार ७४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ५७ हजार ६६० जना संक्रमित थपिएका हुन्।

यस्तै डिस्चार्ज हुनेको संख्या पनि झण्डै अढाइ लाख छ।

पछिल्लो २४ घण्टामा दुई लाख ४९ हजार १३४ संक्रमित डिस्चार्ज भएका छन्।

वर्ल्डोमिटरका अनुसार हालसम्म एक करोड ८१ लाख ७१ हजार २२१ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटरले जनाएको छ।

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या आठ लाख ६० हजार २६६ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार ८४२ जनाकाे मृत्यु भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्