काठमाडौंसहित भारतसँग सिमाना जोडिएका जिल्लामा धेरै संक्रमित
काठमाडौं। चीनको वुहान सहरबाट विश्वभर फैलिन सुरु गरेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नेपालमा पनि दिनदिनै बढीरहेका छन्।

पछिल्लो समय दैनिक हजारको हाराहारीमा नयाँ संक्रमित भेटिइरहँदा देशका विभिन्न १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं, ललितपुर, मोरङ, सुनसरी र धनुषामा लगायतका जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेको बताएका छन्।

यस्तै, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, चितवन र रुपन्देहीमा समेत यतिबेला ५०० भन्दा धेरै सक्रिय संक्रमित छन्।

मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म काठमाडौंमा सबैभन्दा बढी ४ हजार ५२२ जना संक्रमित भइसकेका छन्। र, यो संक्रमण पुगेका जिल्लामध्ये सबैभन्दा धेरै हो।

यस्तै, ललितपुरमा ६८५, पर्सामा २ हजार ३०८, बारामा ९४६, रौतहटमा १ हजार ८५४ र सर्लाहीमा १ हजार ८११ जनालाई संक्रमण भइसकेको छ।

त्यसैगरी, धनुषामा १ हजार ५८४, सुनसरीमा ७२७, मोरङमा १ हजार ६२५, चितवनमा ७४१, रुपन्देहीमा १ हजार १४ र महोत्तरीमा १ हजार २७२ जना संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्