यी हुन् कोरोना संक्रमित नभएका पाँच जिल्ला
काठमाडौं। संघीय राजधानीसहित देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको समयमा ५ जिल्लामा भने कोही पनि संक्रमित छैनन्।
यसअघिका कोरोना संक्रमितहरु निको भएर घर फर्केपछि ती जिल्ला संक्रमणमुक्त बनेका हुन्।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला शून्य संक्रमित भएका जिल्ला हुन्।

तीमध्ये मुस्ताङमा हालसम्म सबैभन्दा कम १ जनालाई मात्रै संक्रमण भएको छ। त्यसबाहेक कोरोनामुक्ता बनेको अर्को जिल्ला मुगमा सबैभन्दा १३ जना संक्रमित निको भइसकेका छन्।

यस्तै, सोलुखुम्बुमा ११, डोल्पामा ६ र हुम्लामा ५ जनालाई संक्रमण भएको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ। अहिले ती सबैजना संक्रमणमुक्त भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्