काठमाडौं। काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य कोरोना पोजिटिभ भएर होम आइसोलेसनमा बसिरहेका छन्।
केही दिन अगाडि गरिएको पीसीआर परीक्षणअनुसार कोरोना पोजिटिभ आएको थियो।
महानगरको प्रमुख नै संक्रमित भएपछि दैनिक कामकाजमा केही प्रभाव परेको छ। अहिलेसम्म काठमाडौं महानगरपालिकाभित्र मात्र दुई हजार ४५२ जना कोरोना संक्रमित भएका छन्।
संक्रमितमध्ये ५४२ जना होम आइसोलेनसमा बसेका छन्।
महानगरभित्र बसोबास गर्ने १६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
महानगरका कोभिड-१९ फोकल पर्सन ज्ञानबहादुर कार्कीका अनुसार वडा नम्बर ३२ मा सबैभन्दा बढी १९८ जना कोरोना संक्रमित छन्।
त्यस्तै महाराजगञ्ज क्षेत्रमा १८० जना, वडा नम्बर १६ मा १६६ जना, वडा नम्बर १३ कालीमाटी क्षेत्रमा ११७ जना, वडा नम्बर १४ कलंकी क्षेत्रमा ११४ जना, वडा नम्बर २७ मा १४३ जना, वडा नम्बर ४ मा १२० जना कोरोना संक्रमित छन्।
कोरोना हटस्पट क्षेत्रमै छैन आइसोलेसन र क्वारेन्टिन
दैनिक एक सय जनाको हाराहारीमा कोराना संक्रमित थपिइरहेको काठमाडौं महानगरले अहिलेसम्म न क्वारेन्टिन निर्माण गरेको छ न त आइसोलेसन सेन्टर नै।
संघीय सरकारअन्तर्गत रहेका क्वारेन्टिन तथा आइसोलेसनमा बिरामीलाई राख्ने गरिएको फोकल पर्सन कार्कीको भनाइ छ। “महानगरले आफ्नै खर्चमा अहिलेसम्म आइसोलेसन र क्वारेन्टिन निर्माण गरेको छैन। महानगरभित्रै ठूल्ठूला अस्पताल छन्। बिरामीलाई त्यहीँ पठाउने गरेका छौं,” उनले भने।
काठमाडौं महानगरका प्रवक्ता इश्वरमान डंगोलले देशकै राजधानी भएकाले स्थानीय तहको एक्लो प्रयासमा मात्र कोरोना नियन्त्रण गर्न असम्भव हुने बताए।
“महानगरभित्र ठूल्ठूला सरकारी, निजी, सामुदायिक, सुरक्षाकर्मीका अस्पताल छन्। ती अस्पतालमा महानगरका बिरामी भयो भने जान नपाइने भन्ने हुँदैन। सबैको उपचारका लागि खोलिएका हुन्। त्यसैले हामीले आफ्नै खर्चमा निर्माण गरेका छैनौं,” प्रवक्ता डंगोलले भने।
स्थानीय र प्रदेश सरकारको सहकार्यमा काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन कक्ष निर्माणको काम भइरहेको प्रवक्ता डंगोलको भनाइ छ।
“उपत्यकाका सबै स्थानीय तह र प्रदेश सरकार मिलेर उपत्यका विभिन्न ठाउँमा ६ हजार बेडको आइसोलेसन निर्माण गर्ने तयारीमा छौं। त्यसका लागि आवश्यक प्रक्रिया सुरू भइसकेको छ,” उनले भने।
महानगरमा किन देखिए बढी संक्रमित?
महानगरले अहिले परीक्षणको दायरा बढाएको फोकल पर्सन कार्कीको भनाइ छ। दैनिक दुईदेखि तीन सयको हाराहारीमा भइरहेको पीसीआर परीक्षण पछिल्लो निषेधाज्ञाको समयमा दैनिक पाँच सयको हाराहारीमा भइरहेको छ।
त्यस्तै कन्ट्याक्ट ट्रेसिङलाई विस्तार तथा छिटोछरितो बनाउने काम पनि भइरहेको उनको भनाइ छ। त्यसका लागि स्वास्थ्यकर्मीको आवश्यकता पर्ने बाहेकका कामका लागि स्वयंसेवक परिचालन गरिने कार्कीले बताए।
मानिसहरूमा जनचेतनाको कमी तथा लापरबाही गर्ने प्रवृत्ति बढेकाले संक्रमितको संख्या बढिरहेको प्रवक्ता डंगोलको भनाइ छ।
“मेरो दायित्व के हो? भन्ने कसैले पनि बुझ्न सकेनन्। मलाई त के हुन्छ र? भन्ने प्रवृत्ति देखिइरहेको छ। जसका कारण महानगरले जति प्रयास गरे पनि महामारी नियन्त्रण गर्न सक्दैन। जनताहरू सचेत हुनुपर्यो,” प्रवक्ता डंगोलले भने।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य कोरोना पोजिटिभ भएर होम आइसोलेसनमा बसिरहेका छन्।केही दिन अगाडि गरिएको पीसीआर परीक्षणअनुसार कोरोना पोजिटिभ आएको थियो।

">