सप्तरी। कोरोना सङ्क्रमणको विस्तारलाई रोकथाम र नियन्त्रण गर्न सप्तरीको तीन स्थानीय तहमा थप सात दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ।
कोरोनाको सङ्क्रमण बढी देखिएको राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आगामी भदौ २२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइने सोमबार निर्णय भएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सोमबार जारी गरेकाे सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम तीन स्थानीय तहमा अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जनाइएको छ। रासस
" /> सप्तरी। कोरोना सङ्क्रमणको विस्तारलाई रोकथाम र नियन्त्रण गर्न सप्तरीको तीन स्थानीय तहमा थप सात दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ।कोरोनाको सङ्क्रमण बढी देखिएको राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आगामी भदौ २२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइने सोमबार निर्णय भएको छ।

">