ललितपुर। दक्षिण ललितपुरको तीनै गाउँपालिकाले विर्खेधारा, बगुवापुल र नल्लुनाकामा चेकपोष्टको व्यवस्था गर्ने भएका छन्।
गाउँपालिकामा सोमबार बसेको अध्यक्ष फोरमको बैठकले ललितपुरमा दिनानुदिन कोरोना सङ्क्रमित बढ्दै गएका कारण गाउँवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै यी तीन स्थानमा चेकपोष्टको व्यवस्था गर्ने निर्णय गरेकाे हाे।
महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आउँदो भदौ २५ गतेसम्मका लागि तीनै गाउँपालिकामा अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द गरिने उल्लेख गरिएको छ।
विज्ञप्तिमा नेपाल सरकारबाट घोषणा गरिएको निषेधाज्ञाको पूर्णपालना गर्दै फोरमले यसअघि गरेको निर्णय कार्यान्वयनमा निरन्तरता दिने, तीनै गाउँपालिकामा प्रवेश गर्ने नाका आवागमनमा नियन्त्रण गरेर जाँचमा थप कडाइ गर्ने, आ-आफ्ना क्षेत्रमा सचेतना जगाउने, होटल, पसललगायत जनसरोकार सम्बन्धित व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड तथा सामग्रीको अनिवार्य प्रयोग गरी पालना गर्नसमेत गाउँवासीलाई आग्रह गरिएको छ।
बागमती हुँदै कान्ति लोकपथको बाटो छोटो दूरीका साथ हेटाैंडा पुग्न सकिने भएकाले हिँड्डुलमा मानिसको आवतजावत रोक्न अध्यक्ष फोरमले यस्तो निर्णय गरेको हो। रासस
" /> ललितपुर। दक्षिण ललितपुरको तीनै गाउँपालिकाले विर्खेधारा, बगुवापुल र नल्लुनाकामा चेकपोष्टको व्यवस्था गर्ने भएका छन्।गाउँपालिकामा सोमबार बसेको अध्यक्ष फोरमको बैठकले ललितपुरमा दिनानुदिन कोरोना सङ्क्रमित बढ्दै गएका कारण गाउँवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै यी तीन स्थानमा चेकपोष्टको व्यवस्था गर्ने निर्णय गरेकाे हाे।

">