विराटनगर। प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखा परेको छ।
प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ।
मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै थिए। उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ। रासस
" /> विराटनगर। प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखा परेको छ।प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो।

">