विश्वमा कोभिड-१९ : एकैदिन चार हजारको मृत्यु

काठमाडौं। कोभिड-१९ बाट मृत्यु हुनेको संख्या आठ लाख ५४ हजार २२८ पुगेको छ।

पछिल्लो २४ घण्टामा चार हजार २५ जनाको मृत्यु भएको हो।

वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा दुई करोड ५६ लाख ७१ हजार ८९४ संक्रमित देखिएका छन्।

पछिल्लो २४ घण्टामा दुई लाख ३८ हजार ३११ संक्रमित थपिएका हुन्।

यस्तै हालसम्म एक करोड ७९ लाख २२ हजार ८७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटरले जनाएको छ।

कोभिड-१९ बाट सबभन्दा बढी अमेरिका, त्यसपछि ब्राजिल र भारत प्रभावित छन्।

प्रतिक्रिया दिनुहोस्