डाक्टर भोला रिजाल दम्पत्तिलाई कोरोना संक्रमण, हेम्स अस्पतालमा उपचार हुँदै
<p>काठमाडौं। वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाल र उनको श्रीमतीलाई कोरोना संक्रमण देखिएको छ।</p>
<p>कोरोना संक्रमण पुष्टि भएपछि श्रीमती सरलासहित दुवै जनाको हम्स अस्पतालमा उपचार भइरहेको छ। </p>
<p>उनीहरू दुवै जनाको शनिबार कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। आइतबारदेखि दुवै जना अस्पतालको आइसोलेसनमा बसेका हुन्। </p>
<p>"सबैजना सकारात्मक लिऔं। पहिला आफैं बचेर बसौं। यो रोगलाई धेरै ठूलो लिनुहुदैंन्। सबैले सचेत भएर बस्ने, रोग लागिहाल्यो भने पनि नडराई रोगसँग लडौं।" उनले भने।</p>
प्रतिक्रिया दिनुहोस्
