कोभिड-१९ को व्यवस्थापनमा अब सांसद परिचालित हुने <p>काठमाडौं।&nbsp;सरकारले कोभिड&ndash;१९ को व्यवस्थापनमा सांसदहरूलाई परिचालन गर्ने भएको छ। उनीहरूले कोभिड&ndash;१९ को रोकथाम, नियन्त्रण र उपचारको कार्यमा आवश्यक समन्वय गर्नु पर्नेछ।</p> <p>शनिबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले जनप्रतिनिधिका हैसियतले सांसदहरूलाई परिचालन गर्ने निर्णय गरिएको बताए।</p> <p>यो निर्णयसँगै संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसद, समानुपातिक सांसद र राष्ट्रियसभा सदस्यहरू कोभिड&ndash;१९ विरुद्धको लडाइँमा परिचालित हुने भएका छन्।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्