होम डेलिभरीमा अवरोध नगर्न मञ्चको माग
<p>काठमाडाैं। नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले निषेधाज्ञाको समयमा अनलाइन होम डेलिभरी गर्ने व्यापार तथा व्यवसायमा कुनै पनि अवरोध नगर्न सरकारसँग माग गरेको छ।</p>
<p>मञ्चले उक्त कारोवार सकेसम्म नगदरहित बनाउने प्रयास गरिएको आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बन्दाबन्दी तथा निषेधाज्ञाको समयमा युवा व्यवसायीले सिर्जनात्मक काम स्वरुप नै मानिसको दैनिक उपभोग्य वस्तु घर घरमा पुर्‍याई नागरिकको दैनिक आवश्यकता परिपूर्ति गरेको मञ्चको भनाइ छ।</p>
<p>अनलाइन प्रविधिमार्फत काम गरी घरमा सामान पुर्‍याउने यस्ता व्यवसायले आफ्नो वितरण प्रणालीलाई समेत अत्यन्तै सुरक्षित राखेको र सामान आपूर्ति गर्ने सवारी साधनलाई हरेक दिन निसङ्क्रमित गरिएको, कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएको मञ्चले जनाएको छ।</p>
<p>रासस</p>
प्रतिक्रिया दिनुहोस्
