काठमाडौंमा पीसीआर गराएका दुई सङ्क्रमित महिला सम्पर्कविहीन

काठमाडाैं। नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन्।

काठमाडौंमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन्।

कोरोना जाँचका लागि उनीहरुले काठमाडाँैमा स्वाबको नमूना दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमूना दिँदा फोन नं उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले सङ्क्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको छ।

कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी एकाइलाई सङ्क्रमण देखिएका व्यक्तिको नाम र उमेरअनुसार मिल्दो विवरण देखिएमा सूचना दिन आग्रह गरेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्