देशभर ८९९ जना कोरोना संक्रमित थपिए <p>काठमाडाैं। गत २४ घण्टामा देशभर ८९९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ११ हजार १२१ जनाको पीसीआर परीक्षण गरिएको र ती मध्ये ३०३ महिला र ५९६ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।</p> <p>योसँगै देशभर हालम्म ३९ हजार ४६० जनामा&nbsp;संक्रमण पुष्टि भएको छ। अहिले देशभर १७ हजार ८२२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए। त्यस्तै ७ हजार ३३७ जना क्वारेन्टिनमा छन्।</p> <p>हालसम्म देशभर ६ लाख ९१ हजार ८७२ पीसीआर परीक्षण भएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्