काठमाडौं। बेलायतले अबको ६ हप्ता अर्थात् ४२ दिनमा अक्सफोर्डको भ्याक्सिन तयार हुने बताएको छ। भ्याक्सिन तयार भएर सरकारी मञ्जुरी लिनका लागि कानुन परिवर्तनको तयारी समेत गरिएको छ। अधिकांशले अक्सफोर्डको भ्याक्सिनलाई विश्वासको नजरले हेरिरहेका छन्।
अक्सफोर्डका वैज्ञानिकले भ्याक्सिन सफलताको तथ्य सार्वजनिक गरेपछि गम्भीर अवस्थामा पुगेका कोरोनाका विरामीलाई उपलब्ध गराइने बताइएको छ। ब्रिटिस मिडिया एक्सप्रेस डट को युकेमा प्रकाशित एक रिपोर्ट अनुसार एक अधिकारीले सन्डे एक्सप्रेससँग भने, ‘‘अक्सफोर्ड युनिभर्सिटी र इम्पेरियल कलेजका वैज्ञानिक भ्याक्सिन निर्माणको अन्तिम चरणमा पुगेका छन्। दुवैतिरका वैज्ञानिक अलगअलग भ्याक्सिन निर्माणमा काम गरिरहेका छन्। अवस्था अनुकूल रहेका खण्डमा आगामी ६ हप्तामा भ्याक्सिन तयार हुनेछ।’’
ती अधिकारीका अनुसार भ्याक्सिन बनेको केही महिना बेलायतका नागरिकलाई पुग्ने गरी ठूलो परिमाणमा उत्पादन गरिने छ। २०२१ मा जनजीवन सामान्य हुन सक्ने ती अधिकारीको अपेक्षा छ। बेलायत सरकारले अझै पनि देश खुल्ला गर्न सकिरहेको छैन।
युके भ्याक्सिन टास्कफोर्सका प्रमुख केट बिङ्घम भन्छन्, ‘‘भ्याक्सिनबारे हामी आशावादी छौं। तर आउन लागेको क्रिसमस पर्वका बेला मानिसहरु भेला भएर सबथोक नभुलून्। अहिलेसम्मको संकेतले क्रिसमसअघि भ्याक्सिन उपलब्ध हुने र नागरिकलाई खोप लगाउन सकिने अवस्था आउने देखेको छु।’’
प्रारम्भमा भ्याक्सिन ६५ वर्ष हाराहारीका मानिसलाई दिइने छ। विरामी, अग्रपंक्तिका स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्तालाई प्राथमिकता दिने पनि बिङ्घमले बताए।
रुस र चीनले बिनापरीक्षण भ्याक्सिन प्रयोग गरेको आरोप
रुसले यसअघि नै स्पुतनिक भी लन्च गरिसकेको छ। यो भ्याक्सिनलाई लिएर विशेषज्ञहरुले आशंका जनाएका छन्। तर राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन पूरै असरदार रहेको दाबी गरेका छन्। उनले आफ्नी छोरीलाई भ्याक्सिन दिएको पुनः स्पष्ट पारेका छन्।
उता, चीनले पनि आफ्ना नागरिकलाई भ्याक्सिन लगाउन थालिसकेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार खुलासा गर्यो, उसले आफ्ना नागरिकलाई जुलाई २२ देखि नै भ्याक्सिनको डोज दिन थालिसकेको हो। आयोगले भ्याक्सिनको क्लिनिकल ट्रायल तथा कस्ता मानिसलाई यो खोप लगाएको भन्नेबारे केही बताएको छैन। तर आयोगले भ्याक्सिनले मानिसलाई कुनै नराम्रो असर भने नगरेको बताएको छ।
(एजेन्सी)