चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
श्वासप्रश्वास र दमको समस्या भएपछि ६ भदौमा उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो। चापागाईको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
भरतपुर महानगरपालिका-६ केदरबाग निवासी ८७ वर्षीय चापागाईलाई २ भदौमा संक्रमण पुष्टि भएको थियो। उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए। एवं उनका समकालीन कम्युनिष्ट नेता विष्णु घिमिरेका अनुसार चापागाई २०२५ सालमा गठित ननसेन्टरबाट राजनीतिमा आवद्ध भएका हुन्।
जिल्लाका नेता हरि सापकोटाका अनुसार चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान छ। उनकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रूपमा रहेको छ।
नेता चापागाई विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएका हुन्। चापागाईको मृत्युप्रति नेकपा चितवनले दुःख प्रकट गरेको छ। रासस
" /> चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।श्वासप्रश्वास र दमको समस्या भएपछि ६ भदौमा उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो। चापागाईको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

">