बर्दिया। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दियाको राजापुर नगरपालिकाका बासिन्दा खुसी भएका छन्।
जिल्लाको दुर्गमा क्षेत्र मानिने यस नगरपालिकामा बीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ।
सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमअनुसार गरिबको परिचय-पत्र भएका आफूहरूको घरमै आएर बीमा भएकाे र सहुलियत दरमा औषधि पाएपछि निकै राहत मिलेको उनीहरू बताउँछन्।
राजापुर नगरपालिका-४ की लक्ष्मी थारुले भनिन्, “सरकारले बीमा गरिदिएकाले पाँचजनाको आफ्नो परिवारका सदस्यले निःशुल्क उपचार पाएका छौँ।”
राजापुर स्वास्थ्यचौकीमा २४सै घन्टा बीमित बिरामीको औषधोपचारको व्यवस्था गरिदिन उनले माग गरिन्।
स्थानीय सरस्वती चौधरीले पनि शारीरिकरूपमा अशक्त आफ्ना बुबा, आमाको उपचारमा बीमा कार्यक्रमले निकै सहयोग पुगेको बताइन्।
राजापुर नगरपालिका-४ को बीमा दर्ता सहयोगी कार्यकर्ता रीता चौधरीका अनुसार यहाँका करिब ५०० घरधुरीका वासिन्दाको स्वास्थ्य बीमा गराइएको छ। रासस
" /> बर्दिया। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दियाको राजापुर नगरपालिकाका बासिन्दा खुसी भएका छन्।जिल्लाको दुर्गमा क्षेत्र मानिने यस नगरपालिकामा बीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ।

">