बर्दिया। बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा महिलामैत्री आइसोलेसन कक्ष निर्माण भएको छ।
दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेसन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन कृष्णगोपाल चौधरीले जानकारी दिए।
उनका अनुसार कोरोना सङ्क्रमित महिलाको अब त्यहीँ उपचार हुनेछ।
बर्दिया जिल्ला समन्वय समितिले बनाएको उक्त आइसोलेसन वार्डमा जेनेरेटरसहित एसी जडान गरिएको छ।
सङ्क्रमितको उपचारका लागि दुई स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन्। २६ शय्याको उपचार केन्द्र बनाइएको बर्दिया जिसस प्रमुख शङ्करप्रसाद थारूले बताए।
सङ्क्रमितका लागि उपचार केन्द्र नहुँदा बाँकेलगायत जिल्लामा जानुपर्ने बाध्यता थियो। रासस
" /> बर्दिया। बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा महिलामैत्री आइसोलेसन कक्ष निर्माण भएको छ।दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेसन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन कृष्णगोपाल चौधरीले जानकारी दिए।

">