काठमाडौं। विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना सङ्क्रमण कारागारमा रहेका कैदीबन्दीहरूमा समेत बढिरहेको छ।
कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ। हिजोसम्म शङ्कास्पद ८७९ जनाको पीसीआर परीक्षणमा १६६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ७२ जना सङ्क्रमणमुक्त भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए।
उनका अनुसार भदौको पहिलो सातामा पर्साको वीरगञ्ज कारागारबाट सङ्क्रमण देखिएको थियो। त्यसपछि जोखिम क्षेत्रको सात वटा कारागारमा नमूना संकलन गरेर परीक्षण गर्दा अन्यमा समेत संक्रमण पाइएको छ।
केहीअघि काठमाडौंको केन्द्रीय कारागारसहित स्याङ्जा, बाँके, सिन्धुपाल्चोक, सिरहा, सुनसरी र पर्साको कारागारमा शंकास्पद कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको सापकोटाले बताए।
केन्द्रीय कारागारमा चारजनामा संक्रमण देखिएको छ। कारागारका सुरक्षाका लागि खटिएका २०७ प्रहरीमा पीसीआर परीक्षण गर्दा ५२ जना तथा कर्मचारी ७८ को परीक्षणमा सातजना संक्रमित भएका हुन्।
बाँकी सबै कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। हाल कारागारमा २४ हजार १०० कैदीबन्दी छन्। कूल ८२० कर्मचारी र झण्डै दुई हजार प्रहरी रहेका छन्। कारागारभित्र सामाजिक दूरी कायम गर्न सक्ने अवस्था नभएकाले उच्च जोखिम छ। रासस
" /> काठमाडौं। विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना सङ्क्रमण कारागारमा रहेका कैदीबन्दीहरूमा समेत बढिरहेको छ।कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ। हिजोसम्म शङ्कास्पद ८७९ जनाको पीसीआर परीक्षणमा १६६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ७२ जना सङ्क्रमणमुक्त भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए।

">