कैलाली। जोशीपुर गाउँपालिकाले सम्पूर्ण कामकाज बन्द गरेको छ।
प्रमुख प्रशासकीय अधिकृतले कमलराज उपाध्यायले जिल्ला प्रशासन कार्यालयले भदौ १९ गते राति १२ बजेसम्म जारी गरेको निषेधाज्ञालाई आधार बनाएर जारी गरेको सूचनामा भदौ १५ गतेदेखि १९ गतेसम्म गाउँपालिकाको सम्पूर्ण कामकाज बन्द गरिएको उल्लेख गरेका छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका तर्फबाट जारी गरिएको निषेधाज्ञामा स्थानीय तह बन्द गर्नुपर्ने भन्ने उल्लेख छैन। जबकि बैंकहरू पनि यो अवधिमा हप्तामा तीन दिन खुला छन्।
यद्यपि आवश्यक परेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतले बोलाए भने हाजिर हुन कर्मचारीलाई निर्देशन दिइएको छ।
प्रमुख प्रशासकीय अधिकृतको निर्देशन अटेर गर्ने कर्मचारीको हाजिरी गयल गर्ने सूचनामा उल्लेख छ।
" /> कैलाली। जोशीपुर गाउँपालिकाले सम्पूर्ण कामकाज बन्द गरेको छ।प्रमुख प्रशासकीय अधिकृतले कमलराज उपाध्यायले जिल्ला प्रशासन कार्यालयले भदौ १९ गते राति १२ बजेसम्म जारी गरेको निषेधाज्ञालाई आधार बनाएर जारी गरेको सूचनामा भदौ १५ गतेदेखि १९ गतेसम्म गाउँपालिकाको सम्पूर्ण कामकाज बन्द गरिएको उल्लेख गरेका छन्।

">