रूपन्देही। कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा बढ्दै जान थालेपछि नियन्त्रणका लागि रुपन्देहीमा लकडाउनलाई थप कडाइसहित अवधि थप गरिएको छ।
कोरोना सङ्क्रमणको दर कम गर्न र समुदायमा सामाजिक दूरी कायम राख्न लकडाउन बढाउँदै लगिएको हो।
प्रदेश ५ का विभिन्न जिल्लामा करिब तीन सातादेखि लकडाउन र निषेधाज्ञा कायम हुँदै आएका छन्।
प्रदेश ५ को अस्थायी राजधानी रुपन्देही जिल्लामा कोरोनाको सङ्क्रमण समुदायस्तरमा बढ्दो रूपमा फैलिन थालेपछि प्रशासनले दुई सातादेखि जारी लकडाउन यही भदौ २० गतेसम्म लम्बाउने निर्णय गरेको छ।
जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले सिफारिस गरेअनुसार शनिबारसम्म लकडाउन थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले जानकारी दिए। रासस
" /> रूपन्देही। कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा बढ्दै जान थालेपछि नियन्त्रणका लागि रुपन्देहीमा लकडाउनलाई थप कडाइसहित अवधि थप गरिएको छ।कोरोना सङ्क्रमणको दर कम गर्न र समुदायमा सामाजिक दूरी कायम राख्न लकडाउन बढाउँदै लगिएको हो।

">