धनुषा। कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर पुनः एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।
गत साउन १८ देखि सुरू भएको निषेधाज्ञा पाँचौंपटक थप गरी भदौ २१ गतेसम्म पुर्याइएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सुरक्षा समितिको बसेको बैठकले आगामी आइतबार राति १२ बजेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी यातायात, इरिक्सा र निजी सवारी साधनमा रोक लगाइएको छ।
त्यस्तै खाद्यान्न पसल, फलफूल, तरकारी, दूध, हार्डवेयरलगायत पसल बिहान ६ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने निर्णय गरिएको छ। रासस
" /> धनुषा। कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर पुनः एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।गत साउन १८ देखि सुरू भएको निषेधाज्ञा पाँचौंपटक थप गरी भदौ २१ गतेसम्म पुर्याइएको छ।

">