विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या साढे ८ लाख नाघ्यो
काठमाडौं। कोभिड-१९ बाट मृत्यु हुनेको संख्या विश्वमा साढे आठ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा चार हजार १६८ जनाको मृत्यु भएसँगै कुल संख्या आठ लाख ५० हजार १४९ पुगेको हो।

वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा दुई करोड ५३ लाख ७७ हजार ७१० संक्रमित देखिएका छन्।

पछिल्लो २४ घण्टामा दुई लाख १९ हजार ८९४ संक्रमित थपिएका हुन्।

यस्तै हालसम्म एक करोड ७७ लाख ७८१ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटरले जनाएको छ।

कोभिड-१९ बाट सबभन्दा बढी अमेरिका र त्यसपछि ब्राजिल प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्