धनुषामा पाँचाैँ पटक एक साताका लागि निषेधाज्ञा लम्ब्याइयो <p>धनुषा।&nbsp;कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर पुन:&nbsp;एक साताका लागि निषेधाज्ञाको&nbsp;आदेश जारी गरेको छ। गत साउन १८ देखि शुरू भएको निषेधाज्ञा आज पाँचौंँ पटक थप गरी भदौ २१ गतेसम्म पुर्&zwj;याइएको छ।</p> <p>प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आज सुरक्षा समितिको बसेको बैठकले राति १२ बजेदेखि लागु हुने गरी आगामी आइतबार राति १२ बजेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।</p> <p>निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी यातायात, इरिक्सा र &nbsp;निजी सवारी साधनमा रोक लगाइएको छ। त्यस्तै खाद्यान्न पसल, फलफूल, तरकारी, दूध, हार्डवेयरलगायत पसल बिहान ६ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने निर्णय गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्