पीसीआर जाँच भए/नभएका सबै एउटै उडानमा, अस्ट्रेलियाबाट एकसाथ आएका सबै क्वारेन्टिनमा
काठमाडौं। अस्ट्रेलियाको सिड्नीबाट आएको सिल्क एअरको विमानमा रहेका १४८ मध्ये ९ यात्रुँसग पीसीआर रिपोर्ट नहुँदा सबै यात्रुलाई क्वारेन्टिनमा राखिएको छ।

सिंगापुर हुँदै आएको जहाजमा बाँकी यात्रुले अस्ट्रेलियामै पीसीआर परीक्षण गराएर रिपोर्टसहित यात्रा गरेका थिए। तर ९ जनाले भने पीसीआर परीक्षणमा निगेटिभ नतिजा आएको रिपोर्ट विना नै यात्रा गरेकाले सबैलाई क्वारेन्टिनमा राख्नुपरेको अध्यागमन स्रोतले जनाएको छ।

“नेपाल आउन चाहने यात्रुले अनिवार्य रुपमा उतैबाट पीसीआर परीक्षण गराएर रिपोर्ट निगेटिभ आएको हुनुपर्छ। तर ९ जनाले ल्याबको परीक्षण रिपोर्ट नल्याई क्लिनिक रिपोर्ट ल्याएछन्,” स्रोतले देखापढीसँग भन्यो, “उनीहरूका कारण सबैलाई क्वारेन्टिनमा राख्नुपर्यो।”

स्रोतका अनुसार उक्त एअरलाइन्सबाट आएका सबैलाई काठमाडौं र ललितपुरका विभिन्न होटलमा क्वारेन्टिनमा राखिएको छ। क्वारेन्टिनमा रहँदा  होटलमा बस्ने, खाने तथा पीसीआर परीक्षणको सुल्क समेत सम्बन्धित एअरलाइन्सले तिर्नुपर्ने नियम छ।

सरकारी मापदण्डअनुसार पीसीआर परीक्षण गरेनगरेको र रिपोर्ट निगेटिभ आएनआएको सबै जाँच गर्ने जिम्मेवारी सम्बन्धित एअरलाइन्सको हुन्छ।

“हामीले नेपाल उडान गर्न अनुमति पाएका सबै एअरलाइन्सलाई मापदण्डबारे जानकारी गराएका थियौं। उनीहरूले हाम्रो मापदण्डअनुसार यात्रु बोक्न सम्झौता गरेका छन्,” सिसिएमसी स्रोतले भन्यो, “अहिले क्वारेन्टिनमा रहेका सबैजनाको होटल तथा पीसीआर परीक्षणको सबै खर्च एअरलाइन्सले बेहोर्नेछ।”

एअरलाइन्सले खर्च बेहोरे पनि महामारीको त्रासदीपूर्ण अवस्थामा पीसीआर परीक्षण गराएर फर्किएकाहरू सोझै घर जान नपाउँदा भने आक्रोशित भएको विमानस्थलका कर्मचारीहरूले बताए।

“घर जान पाइने आशामा आएकाहरू एकाएक कम्तिमा थप एक साता क्वारेन्टिन बस्नुपर्ने भनिएपछि आक्रोशित भएका थिए। साना साना बालबच्चा लिएर आएका कोही त विमानस्थलमै रुन थालेका थिए,” विमानस्थलका एक कर्मचारीले भने।

क्वारेन्टिनमा रहेकाको सात दिनपछि पीसीआर परीक्षण गरिनेछ। परीक्षणमा नतिजा निगेटिभ आउने जति घर फर्किन पाउनेछन् भने कसैको पोजेटिभ आए आइसोलेसनमा बस्नुपर्नेछ। आइसोलेसनमा बस्नेको हकमा स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार बिरामीको स्वास्थ्यस्थिती गम्भीर भए अस्पताल वा सामान्य भए अन्यत्र राखिनेछ।

अस्ट्रेलियाबाट उद्धार उडानको क्रममा नेपाली यात्रु लिएर सिंगापुर हुँदै उक्त विमान हिजो दिउसो २ः२६ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्