सेनामा २३ स्वास्थ्यकर्मीसहित ४२६ जनामा कोरोना संक्रमण
काठमाडौं। नेपाली सेनामा ४२६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। संक्रमित मध्ये २३ जना सेनामा कार्यरत स्वास्थ्यकर्मी रहेका छन्।

“जेठ ३ गतेयता नेपाली सेनामा ४२६ जनालाई कोरोना संक्रमण भएको छ। संक्रमितमध्ये २३ जना स्वास्थ्यकर्मी छन्,” नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले देखापढीसँग भने, “नेपाली सेनामा रहेका संक्रमितमध्ये ११८ जना निको भई काममा फर्किसकेका छन्।”

सेनामा पहिलो कोरोना संक्रमित जेठ ३ गते देखिएको थियो। अहिले सेनामा उपचाररत कोरोना संक्रमितको संख्या ३०८ रहेको छ। उपचाररत सबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ।

“नेपाली सेनामा रहेका सबैभन्दा बढी संक्रमितहरु प्रदेश नं.२, कर्णाली प्रदेश र बाँकेमा रहेका छन्,” सैनिक प्रवक्ता पौडेलले बताए।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण अभियानमा सेना शुरुदेखि नै अग्रपंक्तिमा रहेर काम गरिरहेको छ। क्वारेन्टाइन व्यवस्थापन देखि कोरोना संक्रमितको शव व्यवस्थापन गर्नसम्म सेनालाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्