पछिल्लो २४ घण्टामा थपिए १ हजार २२१ नयाँ संक्रमित
काठमाडाैं। गत २४ घण्टामा देशभर १ हजार २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार गत २४ घण्टामा गरिएका १२ हजार ७१७ पीसीआर परीक्षणमध्ये १ हजार २२१ जनाको नतिजा पोजिटिभ आएको हो।

योसँगै देशभर संक्रमितको संख्या ३८ हजार ५६१ पुगेकाे छ। पछिल्लो २४ घण्टामा २६७ सहित २० हजार ८२२ जना निको भएर घर फर्किएका छन् भने १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए।

अहिले देशभर संस्थागत आइसोलेसनमा १० हजार ६१२ र होम आइसोलेसनमा ६ हजार ९०६ जना बसेका छन्।

त्यस्तै ७ हजार ७९७ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया दिनुहोस्