अर्घाखाँची। अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएपछि बन्द सम्पूर्ण स्वास्थ्य सेवा आजदेखि सञ्चालनमा आएको छ ।
अस्पताल परिसरस्थित स्वास्थ्य कार्यालयमा कार्यरत दुई स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि ८ भदौदेखि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा सोही दिन स्वाब संकलन गरी पठाइएकोमा चिकित्सक र स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा सञ्चालनमा आएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए।
गत आइतबार दुई स्वास्थ्यकर्मी, एक सञ्चारकर्मी र कार्यालय प्रमुखसमेत गरी १३ जनामा संक्रमण पुष्टि भएको थियो।
सङ्क्रमितको सम्पर्कमा आएका १११ जनाको स्वाब सङ्कलन पठाइएकोमध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए। रासस
" /> अर्घाखाँची। अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएपछि बन्द सम्पूर्ण स्वास्थ्य सेवा आजदेखि सञ्चालनमा आएको छ ।अस्पताल परिसरस्थित स्वास्थ्य कार्यालयमा कार्यरत दुई स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि ८ भदौदेखि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो।

">