विदेशका ३२ हजार ५ सय ११ नेपाली कोरोना संक्रमणबाट मुक्त
काठमाडौं। विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा गत साता थप ३ जना नेपालीको मृत्यु भएको छ। गत साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म नेपाल बाहेक १६ देशमा  १९५ जना नेपालीहरूको मृत्यु भएको छ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड-१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो। हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ।

हाल सम्म विदेशमा रहेकामध्ये ३४ हजार ७ सय १ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्