काभ्रे। काभ्रेकाे कुल कोरोना सङ्क्रमितमध्ये ४० प्रतिशत बनेपा नगरपालिका-१३, भैँसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा मात्रै छन्।
उक्त अस्पतालमा पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ।
शनिबार मात्रै थप ३६ मा सङ्क्रमण पुष्टि भएको हो। हालसम्म उक्त अस्पतालमा जिल्लाको कुल सङ्क्रमितमध्ये ४० दशमलव ३१ अर्थात् १०४ सङ्क्रमित भएका छन्।
तीमध्ये ७२ अस्पतालमा उपचाररत बिरामी र बिरामी कुरुवा सङ्क्रमित छन्।
यसबाहेक अस्पतालका २७ कर्मचारी, ११ प्रशिक्षक र अस्पतालको क्यान्टिनमा कार्यरत चार सङ्क्रमित भएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ।
पोष्टका अनुसार सङ्क्रमितमध्ये ९६ सोही अस्पतालमै, ६ होम आइसोलेसनमा रहेको, एक बनेपास्थित शिर मेमोरियल अस्पताल र बाँकी एकको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालको सम्पर्कमा रहेका १२ स्थानीयवासीमा समेत सङ्क्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले बताए। रासस
" /> काभ्रे। काभ्रेकाे कुल कोरोना सङ्क्रमितमध्ये ४० प्रतिशत बनेपा नगरपालिका-१३, भैँसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा मात्रै छन्।उक्त अस्पतालमा पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ।

">