धनगढी। धनगढी उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ।
समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले आइतबारदेखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने तयारी गरेको हो।
नगरप्रमुख नृपबहादुर वडले भने, “सङ्क्रमितका परिवार र बढी जनसम्पर्कमा रहने व्यक्तिबाट नमूना छनौट गरी स्वाब सङ्कलन गरिनेछ।”
धनगढीमा थप ५ दिन अर्थात भदौ १९ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको यस अवधिमा समुदायस्तरमा कोरोना परीक्षण गरिने नगरप्रमुख वडले बताए।
उनले भने, “विस्तारै परीक्षणको दायरा बढाउँदै लगिने छ ।”
उपमहानगरमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये २२ प्रतिशतभन्दा बढी स्थानीयवासी छन्।
धनगढीमा ५१ जना स्थानीयवासीमा कोरोना सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाले जनाएको छ। रासस
" /> धनगढी। धनगढी उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ।समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले आइतबारदेखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने तयारी गरेको हो।

">