चितवनमा रगत संकलनका लागि घुम्ती बस सञ्चालनको तयारी

काठमाडौं। कोरोना महामारी र निषेधाज्ञाका कारण रक्तदान कम भइरहेको बेला गैरआवासीय नेपाली संघले चितवनमा घुम्ती रक्तदान सेवा शुरू गर्ने भएको छ।

नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरी रगत संकलन गर्न 'घुम्ती रगत बस परियोजना' संचालन गर्न लागिएको संघले जनाएको छ।

यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको बस बनाउनको लागि सम्झौता भइसकेको जनाउँदै यही अक्टोबरमा क्षेत्रीय रक्तसंचार सेवा भरतपुरलाई हस्तान्तरण गर्ने संघले बताएको छ।

अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरीराज जोशीको संयोजकत्वमा रहेको यस परियोजनामा सबै गैरआवासीय नेपालीहरुलाई सहयोग गरिदिन अनुरोधसमेत गरिएको छ।

हाल रगतको माग बढे पनि आपूर्ति बढेको छैन। चितवनमा रगतको अभाव हुँदा काठमाडौं आउनुपर्नेसमेत बाध्यता रहेको छ।

प्रतिक्रिया दिनुहोस्