काठमाडौं। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वलाई आक्रान्त बनाइरहेको छ।
अर्थतन्त्रसँगै मानिसकाे जीवनशैलीमा ठूलो असर परेको छ।
विश्वका वैज्ञानिकहरू कोभिड-१९ विरुद्ध खोप बनाउन लागिपरेका छन्।
कतिपय खोपको क्लिनिकल ट्रायल भइरहेको छ भने कतिपय अनुसन्धानमै छन्।
भ्याक्सिन पूर्णरूपमा प्रयाेग गर्न मिल्ने नबनेसम्म यो भाइरसबाट जोगिन सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजर प्रयोग गर्नेलगायतका उपाय सुुझाइएको छ।
तर, पनि विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढेको बढ्यै छ।
वर्ल्डाेमिटरका अनुसार हालसम्म विश्वमा दुुई करोड ५१ लाख ५३ हजार ५६८ संक्रमित देखिएका छन्।
मृत्यु हुनेको संख्या आठ लाख ४५ हजार ९२५ रहेको छ।
संक्रमितको संख्या बढेजस्तै कोरोना भाइरसबाट निको हुनेको संख्या पनि बढेको छ।
हालसम्म एक करोड ७४ लाख ९७ हजार ७३९ जना संक्रमणमुक्त भएको वर्ल्डाेमिटरले जनाएको छ।
कोभिड-१९ बाट सबभन्दा बढी अमेरिका र त्यसपछि ब्राजिल प्रभावित भएका छन्।
अमेरिकामा ६१ लाख ३६ हजार १५५ संक्रमित देखिएका छन्। योमध्ये ३४ लाख ६ हजार ९६९ जना निको भएका छन् भने १ लाख ८६ हजार ८२५ जनाको मृत्यु भएको छ।
ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना संक्रमित देखिएका छन्।
यस्तै कोरोना भाइरसबाट बढी प्रभावित हुने तेस्रो देश भारत हो। यहाँ ३५ लाख ३९ हजार ७१२ संक्रमित देखिएका छन्।
" /> काठमाडौं। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वलाई आक्रान्त बनाइरहेको छ।अर्थतन्त्रसँगै मानिसकाे जीवनशैलीमा ठूलो असर परेको छ।

">