प्रदेश नं १ मा ११२ सङ्क्रमित थप
काठमाडाैं। पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ११२ जना कोरोना सङ्क्रमित थपिएका छन्। सोमध्ये ३४ महिला, ७८ पुरुष छन्।

थपिएका कोरोना सङ्क्रमितमा मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९/१९, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा विराटनगरमा २१ जना कोरोनाबाट सङ्क्रमित पुष्टि भएको छ। जसमा महिला १० र पुरुष ११ छन्। मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितमा मोरङको कटहरीमा ६ महिला, नौ पुरुष, पथरी शनिश्चरेमा सात पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, बेलबारी र सुनबर्सीमा एक-एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, जिल्ला बाहिर सुनसरीको इटहरीमा दुई महिला र सात पुरुष, दुहवीमा तीन महिला र ६ पुरुष, धरानमा दुई महिला र चार पुरुष, झापाको दमकमा सात महिला र नौ पुरुष, झापा गाउँपालिकामा एक महिला र दुई पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा एक महिला र १८ पुरुष, सङ्खुवासभाको खाँदबारीमा दुई पुरुष तथा प्रदेश बाहिरकी एक महिलामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस प्रदेशमा हालसम्ममा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या तीन हजार २१६ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर नौ जना घर फर्केका छन्। घर फर्किनेमा झापा मेचीनगरको धाइजन आइसोलेसन केन्द्रका नौ जना छन् । हालसम्ममा यस प्रदेशमा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ५२५ पुगेको छ भने पछिल्लो २४ घण्टाको अवधिमा एक हजार २२० जनाको पिसीआर परीक्षण भई हालसम्ममा ८६ हजार ४२२ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्