कोभिड-१९ बाट मृत्यु हुनेमा दीर्घ रोगी बढी, मृतकमध्ये कोरोना मात्रै कारण भएका ११
काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ।

जेठ ४ गते पहिलो मृत्यु भएको थियो। त्यसपछि विस्तारै बढ्दै गएको मृत्यु ग्राफ भदौमा भने ह्वात्तै बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मात्रै कारण देखिएका ११ जनाको मृत्यु भएको छ।

कोभिड–१९ ले हुने ज्वरो, रूघाखोकी, श्वासप्रश्वासमा समस्यालगायतका कारणले ३४ जनाको मृत्यु भएको छ।

त्यस्तै मृत्युु हुनेमा २०–२० जना मृगौला र मधुमेह रोगबाट ग्रसित छन्। १९ जना निमोनियाबाट ग्रसित छन्।

त्यस्तै ६ जना मुटुको समस्या भएका छन्। १२ जना उच्च रक्तचाप, ८ जना क्षयरोगी, ५ जना दमका रोगी, १० जना फोक्सो तथा कलेजोका बिरामी छन्।

त्यस्तै चारजना झाडापखालाका बिरामी, दुुईजना पाठेघरको क्यान्सर भएका संक्रमित छन्।

जम्मा मृत्यु भएकामध्ये ४० जना अन्य कारण तथा कोहीको कारण खुल्न सकेको छैन।

त्यस्तै एकजना गर्भवतीको मृत्यु भएको छ। भदौ ११ गते बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको मृत्यु भएको हो। नारायणी अस्पतालमा उपचार गराइरहेकी बाराको हर्दिया निवासी २३ वर्षीया महिलाको मृत्यु भएको थियो।

दीर्घरोगी तथा अन्य खालका बिरामी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई बढी असर गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीको भनाइ छ।

“बढी उमेर समूूह, कमजोर स्वास्थ्य तथा रोग प्रतिरोधी क्षमता कम भएकाहरूलाई बढी असर गरेको देखिन्छ। नेपालमा कोरोनाकै कारण कम मृत्यु भएको छ,” उनले भने, “त्यसैले दीर्घरोगी, बालबालिका, वृृद्धवृृद्धा, स्वास्थ्य अवस्था कमजोर भएकालाई जोगाउनुपर्ने देखिन्छ।”

आफ्नो घरमा भएका वृृद्धवृृद्धा तथा रोगप्रतिरोधी क्षमता कमजोर भएकाहरूलाई जोगाउनुपर्ने उनको भनाइ छ। महामारी समुुदायमा गयो भने हताहती हुनेको संख्यामा वृद्धि हुने उनले बताए।

जनस्वास्थ्यविद् डा. राजकुमार महतोले अहिलेको मृत्युदर हेर्दा जोखिम समूहका व्यक्तिहरूको बढी हेरचाह गर्नुपर्ने बताए।

“दीर्घरोगी, वृृद्धवृद्धा, गर्भवती, बालबालिका तथा रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरूको कोरोना संक्रमणबाट मृत्यु भएको देखिन्छ”, डा. महतोले भने, “त्यसैले जोखम समूहमा रहेकाहरू सुरक्षामा बढी ध्यान दिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्