काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ।
आज एकैदिन ५० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई सय नजिक पुगेको हो।
संक्रमितमध्ये ११६ जना पुरूष र ८२ जना महिला छन्। उनीहरूमध्ये ३४ जना अस्पताल र आइसोलेसनमा रहेको र ११७ जना आफ्नै घरमा आइसोलेसनमा बसिरहेको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले जानकारी दिए।
उनका अनुसार संक्रमितमध्ये एकजनाको मृत्यु भएको छ। हालसम्म ४६ जना उपचारपछि निको भएर घर फर्किसकेको उनले बताए। नगरपालिकाभित्र हाल १५१ जना सक्रिय संक्रमित रहेका छन्।
प्रवक्ता भट्टराईले नगरपालिकाका प्रत्येक वडामा क्वारेन्टाइनको व्यवस्था रहेको बताए। नगरपालिकाले दुई ठाउँमा ५० बेडको आइसोलेसन बनाउने कामलाई तीव्रता दिएको उनले बताए। वडा नम्बर २ को बाँडेपाखा र वडा १० मा आइसोलेन तयार हुने क्रममा रहेको उनले जानकारी दिए।
कुन वडामा कति संक्रमित
नगरपालिकाका १३ वटै वडामा संक्रमित भेटिएका छन्। वडा नम्बर ८ मा सबैभन्दा धेरै ३१ जना संक्रमित पुगेका छन्। उनीहरूमध्ये १८ पुरूष र १३ महिला छन्।
यसैगरी वडा नम्बर १० मा २९ जना, वडा २ मा २४ जना, वडा ३ मा २२ जना, वडा ४ मा १७ जना, वडा ९ र १२ मा १५/१५ जना, वडा १ मा १२ जना, वडा ७ मा १० जना संक्रमित रहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
उनका अनुसार वडा नम्बर ११ मा आठजना, वडा ५ मा सातजना, वडा ६ मा ६ जना र वडा १३ मा दुई जनामा कोरोना संक्रमण पुष्टि भएका छन्।
" /> काठमाडौं। बूढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ।आज एकैदिन ५० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई सय नजिक पुगेको हो।

">