काठमाडौं। कोरोना महामारीले विश्वलाई ठप्प पारेको छ। कोरोना संक्रमण होला कि भनेर सर्वसाधरणहरू घर बाहिर निस्कन डराइरहेका छन्।
प्रत्येक दिन विश्वमा दुई लाख भन्दा बढी संख्यामा कोरोनाका नयाँ संक्रमित थपिँदै छन्। दैनिक पाँच हजारभन्दा बढीको मृत्युको कारण कोरोना बनिरहेको छ।
कोरोनाका कारण मर्नेहरूमा ६० वर्ष उमेरभन्दा माथिका र दीर्घ रोगीहरूको संख्या बढी देखिएकोले यस्ता व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन सबै देशका सरकारले भनिरहेका छन्।
किन त ?
मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य भन्छन्, “कोरोना सामान्य रुघाखोजी जस्तो भाइरस हो भनिँदै छ। तर रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई भने यो भाइरस क्यान्सरभन्दा खतरनाक हुन्छ।”
कोरोनाले मुटुरोगीलाई सामान्य मानिसमा भन्दा धेरै बढी असर गर्ने विश्वास उनको छ। त्यसकारण कोरोना संक्रमणको बेला मुटुरोगीहरूले आफ्नो रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउन सकिन्छ भन्ने तर्फ ध्यान दिनुपर्ने सुझाव उनको छ।
“भेन्टिलेटरमा राखेपछि कोरोना संक्रमित निको हुने सम्भावना कम हुन्छ भन्नु भनेकै मुटु, फोक्सो र मस्तिष्कमा रगत जम्नु हो। रगत जमेपछि मात्र बिरामीको मृत्यु हुने गर्छ। त्यसकारण मुटुसम्बन्धी समस्या भएका मानिसहरू बढी जोखिममा छन् भनिएको हो,” डा. वैद्यले आज देखापढीलाई बताए।
मुटुसम्बन्धी समस्या भएका मानिस अहिले नियमित परीक्षणको लागि अस्पताल जान पनि जोखिमपूर्ण हुने तर्क उनको छ। डा. वैद्यले थप स्पष्ट पारे, “मुटु रोगीका लागि अस्पतालको इमरजेन्सी चौबीसै घण्टा खुल्ला हुन्छ, हुनुपर्छ। तर तपाईंले भेट्ने चिकित्सक वा स्वास्थ्यकर्मीको पीसीआर टेस्ट भएको छ/छैन भन्ने बारे बुझन आवश्यक हुन्छ।”
हाल शल्यक्रिया गर्ने बिरामीको मात्र पीसीआर परीक्षण हुने गरेको उनले बताए। कतिपय अस्पतालमा स्वाथ्यकर्मीबाट पनि बिरामीमा कोरोना सरेको पाइएको छ। “अब बिरामीले अस्पताल आउनै परे भेट्न खोजेको चिकित्सक वा स्वास्थ्यकर्मीको पीसीआर परिक्षण भए/नभएकोबारे बुझनै पर्छ,” उनले भने।
कोरोनाको प्रभाव मुटुको समस्या भएको मानिसमा बढी हुन्छ भनेसँगै मुटुसम्बन्धी समस्या भएका मानिसहरू त्रसित बनेका छन्। यसले मानिसहरूमा तनाव बढाउको छ। तनाव बढ्दा सामान्य अवस्थामा पनि मुटुको ढुकढुकी बढेजस्तो हुने, राति निद्रा नलाग्ने, प्रेसर बढे जस्तो महसुस हुने, सास फेर्न अप्ठ्यारो भए जस्तो हुने उनले बताए।
“तनाव व्यववस्थापन अहिले हरेक मानिसका लागि चुनौती बनेको छ। यो समय तनावमा बस्नु भनेको कोरोनालाई थप बलियो बनाउनु हो। त्यसकारण कसरी तनावरहित जीवन बिताउने भन्ने बारे हरेक मानिसले ध्यान दिनुपर्छ,” डा. वैद्यको जोड छ।
मुटु रोग भएकाहरूले पनि अरू मानिस जस्तै हरेक दिन घाम ताप्ने, भिटामिन सी र डी को मात्रा बढाउने, अदुवा, लसुन र प्याज नियमित खानुपर्छ। अदुवाले राेग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले नियमित खानु राम्रो मानिन्छ। मुटु रोग भएकाले प्रशस्त मात्रामा पानी पिउनु पर्ने सुझाव उनको छ।
मुटुसम्बन्धी समस्या भएका मानिसलाई चिकित्सकहरूले शारीरिक व्यायाम गर्न सुझाव दिएका हुन्छन्। तर, कोरोना महामारीको अवस्थामा घर बाहिर हिँड्डुल गर्न जोखिम हुन्छ। त्यसैले यस्ता बिरामीले अहिले घर भित्रै शारीरिक व्यायाम गर्नु उपयुक्त हुने उनको सुझाव छ।
“अरू बिरामीले कोरोनाको बेला के अस्पताल जानु भनेको हुन्छ। तर मुटुमा समस्या देखियो भने अस्पताल जान ढिला गरे ज्यानै जान्छ। त्यसैले कसैमा मुटुमा गम्भीर समस्या देखिए वा मुटुमा रगत सञ्चालन रोकिने अवस्था आए हामीले कोरोना परीक्षण पर्खन नपर्ने तर शल्याक्रिया सकिएपछि पीसीआर रिपोर्ट नआउँदासम्म चिकित्सक वा स्वास्थ्यकर्मी अस्पतालमै क्वारेन्टाइनमा बस्ने गरेका छौं,” डा. वैधले बताए।
उनलाई लाग्छ- महामारीसँग लड्नु हरेक स्वास्थ्यकर्मीको धर्म हो। तर महामारीको समयमा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहारले स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाउने विश्वास उनको छ।
“मेरो मामाको श्राद्धमा म पुगेपछि सबैजना जुरुक्क उठेर टाढा-टाढा गए। पुरोहितले मलाई टीका लगाउन पनि मानेनन्। जबकि म पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएको भोलिपल्ट गएको थिएँ। समाजमा यो प्रकारको सोचले स्वास्थ्यकर्मीको मनोवल कमजोर भएको छ,” डा. वैद्यले स्वास्थ्यकर्मीको मनोबल नगिराउन सबैलाई आग्रह गरे।
" /> काठमाडौं। कोरोना महामारीले विश्वलाई ठप्प पारेको छ। कोरोना संक्रमण होला कि भनेर सर्वसाधरणहरू घर बाहिर निस्कन डराइरहेका छन्।प्रत्येक दिन विश्वमा दुई लाख भन्दा बढी संख्यामा कोरोनाका नयाँ संक्रमित थपिँदै छन्। दैनिक पाँच हजारभन्दा बढीको मृत्युको कारण कोरोना बनिरहेको छ।

">